युवा संघको नवौं महाधिवेशन सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । संघको महाधिवेशन केहीबेर अघि सुरु भएको हो । महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । युवा संघका प्रचार बिभाग प्रमुख माहाराज गुरुङका अनुसार उदघाटन समारोहमा अध्यक्ष ओली केही समयपछि आउनु हुनेछ ।

महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुन अध्यक्ष ओलीसँगै उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहितका नेताहरु नेपालगञ्ज आइसक्नु भएको छ । महासचिव शंकर पोखरेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी कार्यक्रम स्थल पुगिसक्नु भएको छ ।

सम्मेलन सुरु हुनुअघि जनताटाइम्स डटकमसँग कुरा गर्दै युवा संघका इञ्चार्ज एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले महाधिवेशनले युवा आन्दोलनको भविश्य तय गर्नुका साथै राष्ट्रियताबिरोधी हर्कतको सशक्त प्रतिवाद गर्ने बताउनु भयो । ‘राजनीतिमा भएका बिदेसी हस्तक्षेप बिरुद्ध युवाहरुले बोल्नुपर्छ भन्ने स्पष्ट सन्देश दिइने छ,’ बस्नेतले भन्नुभयो ।

युवा संघका अध्यक्ष किरण पौडेलले महाधिवेशनको सन्देशबाट देशभरका युवा पंक्ति आकर्षित हुने बताउनु भयो । ‘राष्ट्रियता, समृद्दि र शुसासनको पक्षमा युवाहरूको रूची बढाएर यी उदेश्य हासिल गर्न योगदान गरी अघि बढने संकल्प आउने छ,’ पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...