भारतीय दबाबमा सुनिल थापालाई शीतल निवासमा सेट



हाम्रो इकोनोमि

 

 

नेपाल सरकारको मन्त्री र कांग्रेसको सहमहामन्त्री भइसकेको तथा बहालवाला केन्द्रीय सदस्यलाई राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त गरिएकोमा पार्टीभित्रैबाट प्रश्न उठेको छ । गठबन्धन गर्दा पनि धनकुटाबाट एमाले नेता राजेन्द्र राईसँग चुनाव हारेपछि सुनिल थापाले कांग्रेस कोषाध्यक्षमा आँखा लगाएका थिए । तर, यसबीचमा एकाएक उनले रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सल्लाहकार बन्न दौडधूप चलाए ।

थापालाई सल्लाहकार बनाउन पार्टी सभापति शेरबहादुर देउवाले दबाब दिएको भनेर शीतल निवासबाट सुरूमा मिडियामा सूचना लिक गरिए पनि उनको नियुक्तिमा देउवा आफैं सन्तुष्ट नरहेको खुलेको छ । देउवाले थापाको चाहना सुनेपछि ‘तपाईँ पार्टीको सहमहामन्त्री भइसकेको, मन्त्री पनि भइसकेको नेता । पार्टीमै अरु पनि जिम्मेवारी दिन सकिन्छ, सेरेमोनियल राष्ट्रपतिको सल्लाहकार हुने र ?’ भन्ने प्रश्न गरेर पठाएका थिए ।

थापालाई राष्ट्रपति पौडेलले पनि सोही आशय व्यक्त गरेपछि उनले देउवा र पौडेलमाथि बाह्य दबाब सिर्जना गरेको कांग्रेसका शीर्ष नेताहरूले थाहा पाए । स्रोतका अनुसार आफ्नो पक्षमा वातावरण बनाउन थापाले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत देउवा र पौडेललाई कन्भिन्स गराएका हुन् । नियुक्तिअघि शीतल निवासमा भारतीय राजदूतसहितको भेटघाटसमेत भएको राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वीकार गरेका छन् । त्यो भेट के को लागि थियो भन्ने जानकारी नभए पनि थापासहित शीर्ष छलफल भएको उनीहरूले पुष्टि गरेका छन् ।

संयुक्त राष्ट्रसंघमा जागिर खाएर पेन्सन समेत लिएका र प्रधानमन्त्री सूर्यबहादुर थापाका एकमात्र छोरा सुनिल थापा जागिरका लागि सल्लाहकार बन्नुपर्ने अवस्था होइन । पार्टीमा उनी देउवानिकट भएकाले केन्द्रीय कोषाध्यक्ष पनि पाउन सक्थे । तर, कुनै काम नहुने राष्ट्रपतिको राजनीतिक सल्लाहकार बन्नुको पछाडि बाह्य शक्तिकेन्द्रले आफ्नो प्रतिनिधिका रूपमा उनलाई संवेदनशील ठाउँमा सेटल गरेको टिप्पणीसमेत कांग्रेस नेताहरूले गरेका छन् ।

यसअघिका राष्ट्रपति रामवरण यादव र विद्या भण्डारीले पनि केही विज्ञ सल्लाहकार राखेका थिए तर पार्टीको कार्यकारी तहमा रहेका नेताहरुलाई उनीहरूले टीममा राखेका थिएनन् । यादवले हरि शर्मालाई राजनीतिक मामिला सल्लाहकार राखेका थिए । उनी त्यस मामिलाका विज्ञ हुन् तर पार्टीका नेता होइनन् ।

त्यस्तै विद्या भण्डारीको पालामा राजनीतिक मामिलामा सल्लाह दिनेगरी सुशील प्याकुरेलले नियुक्ति पाएका थिए । तर, हत्या अभियोगमा मुद्दा खेपिरहेका अग्नि सापकोटालाई सभामुख बनाउन नहुने भनेर विरोध गरेपछि र आफैं रिट निवेदकसमेत भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलको टीममा सुनिल थापाको प्रवेशलाई कांग्रेस नेतादेखि कर्मचारीतन्त्रले समेत अस्वाभाविक रूपमा लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...