रास्वपा सांसद र दुर्गा प्रसाईँबीच दुई करोडको डील भएको अडिओ सार्वजनिक



हाम्रो इकोनोमि

 

 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका एक सांसदले ठूलो रकमको डिल गरेको दाबीसहित एक अडिओ सार्वजनिक भएको छ । पार्टीले तत्काल यस विषयमा छानबिन थालेको छ ।

रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने बताएका छन् । उनले अढाई करोड रूपैयाँ मागिएको तर आफूसँग पैसा नभएको भन्दै उनले सहयोग मागेका हुन् । आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनवार्तामा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’

यो फोन वार्ता रास्वपा सरकारमा जानुभन्दा अगाडिको जस्तो सुनिन्छ । प्रसाईंले आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गरेका छन् । म दुई करोड दिन्छु, ग्यारेन्टी भयो,’ उनले भने, ‘भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले । प्रसाईँले यो प्रसा रविलाई नै बुझाउनुपर्ने त होला नि ? भनेर सोध्छन् ।

जवाफमा श्रेष्ठ भन्छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिर दुई-तीन जना साथीहरू हुनुहुन्छ । पार्टीलाई जान्छ भनेका छन् । जान्छ कि जान्न भन्ने पनि मलाई थाहा छैन । पछि तोसिमाले लडाइँ त गर्दिनन् नि भनेर प्रसाईले सोध्दा श्रेष्ठ भन्छन्, ‘सबै अधिकार सभापतिलाई दिइएको छ । उहाँले जसलाई भन्नुहुन्छ उही हुन्छ । यस विषयमा रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्याललाई जिज्ञासा राख्दा उनले आफूहरुले पनि भर्खर थाहा पाएको बताए । हामीले भर्खरै मात्र सुन्यौं । साथीहरू बाहिर हुनुहुन्छ । अनौपचारिक कुराकानी भइरहेको छ । अडिओको आधिकारिकतबारे तत्काल छानबिन गर्छौं,’ उनले भने ।यदि अडिओ आधिकारिक पुष्टि भएको खण्डमा उपयुक्त कारबाही गरिने अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...