सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर नउठाउन बालेनको निर्देशन



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह केन्द्र सरकारसँग टकराव गर्ने मनस्थितिमा देखिएका छन् । दुई दिनअघि गैरीगाउँमा रहेको सुकुमवासी बस्तीमा डोजर चलाउन नपाएपछि उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् । सुकुमवासी बस्तिमा डोजर चलाउने बालेनको योजना गृहमन्त्रालय र प्रहरीको असहयोगका कारण असफल भएको थियो । डोजर ल्याउने बाटोमा स्थानीयवासीले अवरोध गरेपछि बालेनले प्रहरीको सहयोग खोजेका थिए । उनी आफैं सिनामंगलस्थित सशस्त्र प्रहरीको गणमा पुगेर सहयोग मागे । तर, सशस्त्रले माथिको आदेश नभएको भन्दै आफ्नो लाचारी दर्शाएपछि बालेन निराश भएका थिए । यसको झोक उनले भोलिपल्ट सामाजिक सञ्जालमा पोखे ।

हुन त बालेनले शुक्रबार र शनिबार लेखेका स्टाटसहरूलाई त्यति गम्भीरतापूर्वक लिनु हुँदैन भन्ने चर्चा पनि छ । तर, बालेनले हिजो लेखेका स्टाटसहरू यत्तिकै नजरअन्दाज गर्न सकिने खालका थिएनन् । आफ्नो भेरिफाइड अकाउन्टबाट उनले सिंहदरबारको फोहोर आजबाट नउठ्ने घोषणा गरे । कुनै स्पष्ट कारण उल्लेख नगरिकन उनले यस्तो घोषणा गरेका थिए । बरु उनले ‘नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने’ आक्रोशित अभिव्यक्तिसमेत थिए । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँ (सिंहदरबार) का नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ बालेनको यो भनाइले उनी सरकारसँग चरम असन्तुष्ट रहेको बुझ्न सकिन्छ ।

उनले आफ्नो पर्सनल अकाउन्टमा लेखेको स्टाटस अझै गम्भीर प्रकृतिको छ । बालेनले कुनै तथ्य र आधार प्रस्तुत नगरीकन ‘यो सरकार भारत र चीनले बनाइदिएको’ लेखेका छन् । कतिपयले यसलाई जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको गैरजिम्मेवार अभिव्यक्तिका रूपमा टिप्पणी गरेका छन् । तर, सामामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा जनसमर्थन चाहीँ उनको पक्षमा देखिन्छ ।

पक्कै पनि देशको राजधानी सहरको नेतृत्वदायी पदमा रहेको व्यक्तिले पर्याप्त सोचविचार नगरी केन्द्र सरकारविरुद्ध नै यसरी सार्वजनिक रुपमा फायर खोल्नु शुभ संकेत होइन । आखिर किन उनी सरकारप्रति यसरी उत्तेजित हुन पुगे ? के यो अस्ति सुकुमवासी वस्ति भत्काउन नपाउँदाको क्षणिक प्रतिक्रिया मात्रै हो ? बालेनका निकट सहयोगी कुमार बेन सुम्कुम्वासी बस्ति हटाउने विषयसँग हिजोका स्टाटसहरूको सम्वन्ध नरहेको बताउँछन् । उनले सुकुमवासी बस्तीमा डोजर चलाउने तयारी नरहेको दाबी गरे ।

देशको राजधानी शहरको नेतृत्व गर्ने मेयरले नै यसरी सरकारविरुद्ध सार्वजनिकरूपमा फायर खोल्नु शुभ संकेत होइन । आखिर किन उनी सरकारप्रति यसरी उत्तेजित हुन पुगे ? के यो अस्ति सुकुमवासी बस्ती भत्काउन नपाउँदाको क्षणिक प्रतिक्रियामात्रै हो ? बालेनका निकट सहयोगी कुमार बेन सुकुमवासी बस्ती हटाउने विषयसँग हिजोका स्टाटसहरूको सम्बन्ध नरहेको बताउँछन् । उनले सुकुमवासी बस्तिमा डोजर चलाउने तयारी नरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...