आजबाट निर्वाचन आचारसंहिता लागू



हाम्रो इकोनोमि

 

 

आउँदो बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आजबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने जनाएको छ ।

‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

 

क–कसलाई लाग्छ आचारसंहिता ?

(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री

(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री

(ग) संवैधानिक निकाय र सो निकायका पदाधिकारी

(घ) नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी

(ङ) स्थानीय कार्यपालिका र सोका सदस्य

(च) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी

(छ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी

(ज) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी

(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन

(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति

(ट) राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि

(ठ) सार्वजनिक पद धारण गरेको व्यक्ति

(ड) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता

(ढ) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक

(ण) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी

(त) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी

(थ) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी

(द) मतदाता

(ध) विकास साझेदार संस्था

(न) सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी

(प) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी

(फ) निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार

(ब) वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...