एउटासँग बिहे गरेर अर्कोसँग पोइल जानेले काम गर्न सक्दैन : सांसद पन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन नसकेकोप्रति आलोचना गरेको छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले केही काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । उनले भने, ‘देशमा किसानहरुको समस्याबारे चर्चा छ, मुलुकको अहिलेको गम्भिर राजनीतिक आर्थिक अवस्थाबारे न कुनै भिजन छ । अहिलेको सरकारले केही काम गरेको छैन। एउटासँग बिहे गर्यो, अर्कोसँग पोृइल गयो । अनि वरिपरि आठ नौ भाइ जम्मा गरेर टिकेको यो सरकार । सय दिन नाघिसक्दा पुरा मन्त्रिपरिषद् त बनाउन सकेको छैन । त्यस्तो सरकारले के गर्ला ?’

उनले सरकार नीतिहिन, विचारहिन, कार्यक्रमहिन, सिद्धान्तहिन भएको बताए । यो सरकारको आलोचना गर्दा कोही पनि तात्तिनु पर्दैन । सय दिनसम्म सरकारलाई पूर्णता दिन नसक्नेले फुर्ति गरेर हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले सरकारको उपलब्धिमा यो बीचमा कति घाम लाग्यो, कति पानी पर्यो ? कति बच्चा जन्मे भन्ने चाहीँ लेख्न छुटाएको भन्दै कटाक्ष गरे । उनले भने, ‘प्रधानमन्त्रीले ३७ बुँदे उपलब्धि सार्वजनिक गरेका रहेछ । त्यसमा म एउटा अर्को एउटा बुँदा थप्न सुझाव दिन्छु यो बीचमा कति बच्चा जन्मे, कति पानी पर्यो, कति घाम लाग्यो त्यो लेख्न छुटेछ । तर, सरकारको ३७ बुँदे उपलब्धि पढ्दा त्यो के पढ्या भन्ने नै बुझिँदैन ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...