एमालेसँग मिलेर जाने माधव नेपालको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिलेर जान सकिने बताएका छन् । काठमाडौंमा आयोजित सम्पादकहरूसँगको छलफलमा उनले आफूहरू सबैलाई समाप्त पारेर जानुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

‘हामीले पनि यो कम्युनिष्ट आन्दोलनलाई विगतमा पनि नयाँ ढंगले अगाडि बढाएका हौं । अहिले पनि हामी त्यसमा अडिक छौं’, उनले ओलीलाई लक्षित गर्दै भने, ‘हाम्रो पार्टीको महत्वलाई सबैले विस्तारै महसुस गर्न थालेका छन् । हिजो यसको महत्व केही पनि छैन भन्नेहरूले नै विस्तारै चासो राखेर सोधिखोजी गर्न थालेका छन् । यो पनि खुसीकै कुरा हो । विचार, नीति, दृष्टिकोण र भावनामा मिलेर एकैठाउँमा बसेर काम गर्न समस्या नहुने उनको भनाइ छ ।

उनले भने, ‘कसैमा सद्बुद्धि आउँछ भने, मति सप्रिन्छ भने, मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् भने खुसीकै कुरा हो । तर, विचार, नीति, दृष्टिकोण र भावनामा मेल हुनुपर्‍यो । अनि सबै वचन र कर्ममा मेल, एकता हुनुपर्‍यो । सबै कुरा भयो भने मिलेर जान नसकिने कुरै छैन । हामी कसैलाई पन्छाउने, समाप्त पार्ने र बहिष्कृत गरेर जानुपर्छ भन्ने मान्यता राख्दैनौं ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...