एमालेसँग मिलेर जाने माधव नेपालको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिलेर जान सकिने बताएका छन् । काठमाडौंमा आयोजित सम्पादकहरूसँगको छलफलमा उनले आफूहरू सबैलाई समाप्त पारेर जानुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

‘हामीले पनि यो कम्युनिष्ट आन्दोलनलाई विगतमा पनि नयाँ ढंगले अगाडि बढाएका हौं । अहिले पनि हामी त्यसमा अडिक छौं’, उनले ओलीलाई लक्षित गर्दै भने, ‘हाम्रो पार्टीको महत्वलाई सबैले विस्तारै महसुस गर्न थालेका छन् । हिजो यसको महत्व केही पनि छैन भन्नेहरूले नै विस्तारै चासो राखेर सोधिखोजी गर्न थालेका छन् । यो पनि खुसीकै कुरा हो । विचार, नीति, दृष्टिकोण र भावनामा मिलेर एकैठाउँमा बसेर काम गर्न समस्या नहुने उनको भनाइ छ ।

उनले भने, ‘कसैमा सद्बुद्धि आउँछ भने, मति सप्रिन्छ भने, मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् भने खुसीकै कुरा हो । तर, विचार, नीति, दृष्टिकोण र भावनामा मेल हुनुपर्‍यो । अनि सबै वचन र कर्ममा मेल, एकता हुनुपर्‍यो । सबै कुरा भयो भने मिलेर जान नसकिने कुरै छैन । हामी कसैलाई पन्छाउने, समाप्त पार्ने र बहिष्कृत गरेर जानुपर्छ भन्ने मान्यता राख्दैनौं ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...