मनमोहनका पालादेखि कै एमाले सरकारले सामाजिक सुरक्षामा काम गरेको छ : गोकल बाँकस्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बाँस्कोटाले सामाजिक सुरक्षाका लागि एमालेले सरकारले जतिको काम कुनै पनि सरकारले गर्न नसकेको बताएका छन् । चितवन क्षेत्र नंं २ अन्तर्गत कालिका नगरकमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि केपी ओली नेतृत्वको सरकारले जनताको सामाजिक सुरक्षा, विकास र सम्वृद्धिलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

७० बर्ष पुगेका वृद्धवृद्धालाई कम्युनिष्टको सरकार आएपछि मार्छ भन्ने कांग्रेसले मच्चाएको हल्लालाई चिर्न महिनाको १ सय रुपैयाँ बृद्धभत्ता दिन एमालेले नै सुरु गरेको हो,’ बाँस्कोटाले भने, ‘१ सय रुपैयाँको बृद्धभत्तादेखि महिलाहरुलाई स्नानियटरी प्याडदिनेसम्मका काम एमालेले नै गरेको हो, छात्राहरु बर्षमा ५२ दिनसम्म विद्यालय जान नसक्ने अवस्थाको अन्त्य एमालेले गरेको देख्नुभएन ? ‘ उनले पहिलोपटक एमालेले ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वको ग्यारेन्टी गराएको स्मरण गर्दै २०५४ सालको स्थानीय निकायको निर्वाचनमार्फत महिलाहरुको सहभागीता बढाउन भूमकिा खुलेको बताए । ‘घाँस काट्ेर मात्रै बस्ने महिलाहरुलाई राजनीतिक र सामाजिक रुपमा अग्रसर, सहभागी र नेतृत्व गर्ने तहमा एमालेले नै पुरयाएको हैन ?’ बाँस्कोटाले भने, ‘घाँस काट्ने महिला, दूध दुहुने महिला, दूध बेच्ने पुरुष यस्तो अवस्थामा बदलाव त एमालेलेनै गरेको हो नी ।

उनले दुर्गम भेगमा सुत्केरी हुन नसकेर ज्यान फाल्ने महिलाहरुको उद्धार र उपचारको व्यवस्थाको सुरुवात एमाले सरकारले नै गरेको बताए । रवि लामिछानेको पार्टी खहरेको खोला जस्तो भएको संज्ञा दिँदै नेता बाँस्कोटाले खहरेको काम नोक्सान गर्ने मात्रै भएको बताए । विगतमा केही नयाँलाई हेरौं न भनेर जनताले मत दिएको भए पनि यसपटक त्यसलाई करेक्सन गर्नुपर्ने अवस्था आएको बताउँदै नेता बाँस्कोटाले भने, ‘एमालेले उनी भन्दा युवा, यहीँका स्थानीय ब्यक्तिलाई उम्मेदवार बनाएको छ ।’ आफू मन्त्री हुँदा ल्याएको आइटी सम्वन्धी विषयेक पास हुन मात्रै दिएको भए १० अर्व राजश्व जोगिने नेता बाँस्कोटाको दावी छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...

एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...