लुक्लामा तारा एयरको एकैदिन १५ उडान



हाम्रो इकोनोमि

 

 

 

तारा एयरलाइन्सले कोरोनापछि सबभन्दा धेरै सबैभन्दा हिमाली जिल्लामा उडान भएको जनाएको छ । एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाका अनुसार यतिको भगिनी संख्या तारा एयरले एकैदिन रामेछापबाट लुक्लाको लागि १५ वटा उडान भएका छन् । यो हालसम्मकै बढी संख्याको उडान हो । कोरोनापछि गत यस महिनामा सबभन्दा बढी पर्यटक नेपाल आएभन्ने तथ्यांक बाहिरिनु र लुक्लाको फ्लाइट संख्या बढ्नुले नेपालमा विदेशी पर्यटकको चहलपहल पूर्ववत अवस्थामा फर्किएको भन्ने सकिने आधार दिएको बर्तौलाको भनाइ छ ।

केही महिना अघिदेखि रामेछापबाट लुक्ला उडान सुरु गरिएको हो । काठमाडौंबाट हुने उडानमा ट्राफिक समस्यका कारण उडान र अवतरणको संख्या थोरै मात्र गर्न सकिने भएको बैकल्पिक एयरपोर्टबाट उडान सुरु गरिएपछि पर्यटकलाई पनि सहज भएको छ । २५ मार्चबाट तारा एयरले रामेछाप लुक्ला उडान सुरु गरेको हो । पर्यटको सुविधालाई ध्यानमा राखेर तारा एयरले रामेछापमा नै दुईवटा जहाज रात्री विशासन गर्ने गरेको छ । आफ्ना कर्मचारी राख्नका लागि तारा एयरले एक वर्ष देखि रामेछापमा क्याम्प सञ्चालन गरेको बर्तौलाले जानकारी दिनुभयो ।

बर्तौलाले दिएको जानकारी अनुसार आज पोखराबाट जोमसोम ८ वटा फ्लाइट भएका छन् । तारा एयरको पोखरा- जोमसोम दैनिक पाँचवटा,नेपालगञ्ज- जुम्ला,रारा र बाजुराका लागि एक एक वटा उडानको तालिका रहेको छ । ‘करिब चारवर्ष पछिको यो उत्साहजनक उडानबाट हामी खुशी छौं’ बर्तौलाले  भन्नुभयो ‘नेपालको पर्यटन क्षेत्र  पर्यटन अब लयमा फर्किदैछ भन्ने कुराको पुष्टी आजको उडान संख्याले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...