कोशीको पानी धरान झार्न माग गर्दै हर्क साम्पाङ बालुवाटारमा



हाम्रो इकोनोमि

 

 

धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै मेयर हर्क साम्पाङ नेतृत्वको टोली बालुवाटार पुगेको छ । उनी धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेका भेटिन्छन् ।

कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि धरान उपमहानगरपालिकातर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मेयर साम्पाङले ज्ञापन पत्र बुझाएका छन् । मेयरसँगै उपमेयर आइन्द्रविक्रम बेघाले पनि प्रधानमन्त्रीलाई भेटेका छन् । मेयर हर्क साम्पाङसहितको टोलीले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिदिन प्रधानमन्त्रीसँग आग्रह गरे । उपमहानगरले प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा धरानको खानेपानीका लागि अनेक प्रयास भएपनि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी ल्याउनुपर्ने आवश्यकता उल्लेख गरिएको छ । उक्त योजनाका लागि खानेपानी मन्त्रालयले डीपीआरसमेत तयार पारेकाले बजेट विनियोजन गर्न माग गरिएको छ ।

उपमहानगरले बानियाटार जलाशय निर्माणका लागि पनि बजेट मागेको छ । धरान- २० मा रहेको उक्त जलाशय निर्माण गर्न सके बर्खामासमा सर्दु र खर्दु खोलाको पानी सञ्चित गरेर कम्तीमा ४ महिना पुर्‍याउन सकिने उपमहानगरले भनेको छ । यसका लागि साढे १ अर्बको बजेट लाग्ने अनुमान गरिएको छ । हाल रहेको खानेपानी संरचना सुधार र पम्प तथा मोटर खरिदका लागि पनि पैसा मागिएको छ । शहरी विकास मन्त्रालयबाट गठित टोलीले पम्प र मोटरहरू खरिद गर्न आवश्यक रहेको सुझाव दिएकाले १० करोड रूपैयाँ बजेट विनियोजनका लागि संघीय सरकारसमक्ष माग गरिएको छ ।

नगरमा लामो समयदेखि खानेपानी समस्या भएकाले त्यसको सम्बोधनका लागि प्रधानमन्त्रीलाई भेटेर बजेट माग गरिएको उपमेयर आइन्द्रविक्रम बेघाले बताए । धरानका समस्या समाधान गर्न विषयगत मन्त्रालयहरूमा पनि बजेट माग गर्दै सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए । धरानको सडक, खानेपानी र पूर्वाधार विकासलाई फोकस गरेका छौं । प्रधानमन्त्रीज्यूले खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउँदै बजेटले सम्बोधन गर्ने आश्वासन दिनुभएको छ ।’ मेयर साङपाङसहितको टोलीले आजै शिक्षामन्त्री अशोक राईलाई पनि भेटेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...