चितवन २ ले वामपन्थीलाई जिताउने मौका दिएको छ : गोकुल बाँस्कोटा



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले चितवन २ मा एमालेलाई नजिताउँने हो भने केही समयपछि उही कथा दोहोरिने भन्दै रवि लामिछानेविरुद्धको अर्को मुद्दातर्फ संकेत गरेका छन् । चितवन २ मा एमाले उम्मेदवार राम न्यौपानेको मनोनयनअघि आयोजित सभालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले निष्ठाको राजनीति राजनीति गर्छु भन्नेले झुटो बोलेको पनि देखियो भन्दै फेरि चुनावको मौका दिएकोमा लामिछानेलाई धन्यवाद भने ।

बाँस्कोटाले भने, ‘सबैलाई थाहा भइसक्यो एउटै दल सत्तामा पनि हुन्छ, त्यही दल प्रतिपक्षमा पनि हुन्छ । त्यही दल एउटा सरकार बन्दा पनि हुन्छ, त्यही दल अर्को बन्दा पनि हुन्छ । निष्ठाको राजनीति गर्छु भन्नेहरूले झुट बोलेको पनि देखियो, थ्याङ्क्यु त्यही भएर पाँच महिनामै पुनः परीक्षण हुन पर्‍यो । अब प्रश्न गर्नुपर्छ सत्तासँग के साटेको ? के को लागि के साटेको ? केसित के साटेको त्यही भएर सत्तासँग टाँसिएको ? आँट रहेछ ? हिम्मत रहेछ ? त्यसैले चर्का कुराको काम छैन ।

बाँस्कोटाले चितवनका जनताले गल्ती गर्दा अलिपछि फेरि उही कथा दोहोरिने भन्दै विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने बताए । उनले भने, ‘बाटो बनाउने, पुल बनाउने एमाले । स्कूल बनाउने एमाले । वृद्धभत्ता, सुत्केरी भत्ता, स्यानिटरी प्याड र हेलिकप्टरबाट सुत्केरीको उद्धार गर्ने एमाले हो भन्ने महिलाले पनि सोच्नुहोला । यदि भत्ता दिने एमाले हो भने सहयोग गर्नुपर्छ । नेता बाँस्कोटाले चितवन वामपन्थीहरुको किल्ला र मदन भण्डारीले शाहदत पाएको जिल्लासमेत भएको भन्दै चितवन २ मा वामपन्थी उम्मेदवार राम न्यौपानेमात्र भएकाले माओवादी र नेकपा एसले पनि सहयोग गर्नुपर्ने बताए । वाम एकताको वातावरण बनाउने हो भने अरुको भरिया नबन्न र वामपन्थीको झण्डा बोक्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...