माओवादी र एकीकृत समाजवादी उम्मेदवारविहीन



हाम्रो इकोनोमि

 

 

वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तर, सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित सरकारमै रहेका अधिकांश दलहरुले उम्मेदवारी समेत दिन सकेनन् । चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनको लागि अहिले उम्मेदवारी दर्ता जारी छ । तर, सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई उपनिर्वाचनले छुन सकेको छैन ।

माओवादीलाई उपनिर्वाचनमा उम्मेदवारी दिनेभन्दा पनि अहिलेको गठबन्धन जोगाउने पहिलो प्राथमिकता भएको पार्टीका सचिव डिलाराम आचार्य बताउँछन् । उनी भन्छन्, ‘अहिलेको तीन क्षेत्रमध्ये हामीले यसअघि कुनै क्षेत्रमा पनि जितेका छैनौं । त्यसैले अहिले हाम्रो गठबन्धनमा दाबी रहेन ।’

सत्ताको नेतृत्व गरिरहेको माओवादीले तीन क्षेत्रमा निर्वाचन हुँदा एक ठाउँमा पनि उम्मेदवारी दिन सकेन भन्ने टिप्पणी भइरहेको छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘उम्मेदवारी दिनै नसक्ने भन्ने होइन । परिणामलाई पनि हेर्नुपर्छ। त्यसैले अहिले गठबन्धनको साझा उम्मेदवार बनाउँदा हाम्रो भागमा परेन ।’

माओवादीले तनहुँ १ मा दाबी गरे पनि कांग्रेस नमानेपछि ब्याक भएको हो । माओवादीले मात्रै नभएर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि कुनै क्षेत्रमा उम्मेदवारी नदिने भएको छ । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे अहिलेसम्म कुनै क्षेत्रमा उम्मेदवारी दिने तयारी आफूहरुले नगरेको बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म उम्मेदवारी दिने तयारी गरेका छैनौं । अब गठबन्धनको उम्मेदवारलाई साझा बनाउने विषयमा निर्णय गर्छौं होला । पार्टीमा छलफल गर्दैछौं ।’ गठबन्धनमा यसअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले तीन क्षेत्रमध्ये एक आफ्नो पार्टीले पाउने बताए पनि त्यो सम्भावना रहेन । उपनिर्वाचन हुने तीनै क्षेत्रमा माओवादी र नेकपा एसको कमजोर जनमत छ ।

मंसिरमा भएको निर्वाचनमा चितवन २ मा रास्वपा, तनहुँ १ मा कांग्रेस र बारा २ मा जसपाले जितेको थियो । मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फको मतलाई हेर्दा माओवादी चितवन २ मा चौथो, बारा २ मा सातौं र तनहुँ १ मा चौथो भएको थियो ।

 

हेरौं समानुपातिकतर्फको मत परिणाम

चितवन २

रास्वपा : ३५,९४५
नेकपा एमाले : १६,७८४
नेपाली कांग्रेस : १२,१३२
माओवादी केन्द्र : ८,४०७
राप्रपा : ३,२१८
नेकपा एस : ६१६

बारा २

जसपा : १३,२४२
नेपाली कांग्रेस : ११,१७९
एमाले : ९,१९३
जनमत पार्टी : ८,८४६
लोसपा : ४,२३५
नागरिक उन्मुक्ति पार्टी : ३,७९४
माओवादी केन्द्र : ३,२६५
नेपाल संघीय समाजवादी पार्टी : २,३६६
नेकपा एकीकृत समाजवादी : १,९९६
राप्रपा : १,४५५

तनहुँ २

नेपाली कांग्रेस : २०,१५८
नेकपा एमाले : १६,६८३
राष्ट्रिय स्वतन्त्र पार्टी : १२,७७३
माओवादी केन्द्र : ७,३२६
राष्ट्रिय प्रजातन्त्र पार्टी : ३,५७७
नेकपा एकीकृत समाजवादी : ९५०

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...