यो देशमा म घाँडो नै भएको हो भने मारिदिए पनि भयो : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवन २ मा उपचुनाव लड्न आफ्नो मनोनयन दर्ता गरे । उनी पार्टीको दलबलसहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मनोनयन दर्ताअघि सञ्चारकर्मीहरूले रविलाई घेरेर केही प्रश्न सोध्न भ्याए ।

सञ्चारकर्मीको प्रश्न मूलतः अदालतमा उनी विरुद्ध दायर गर्न लागिएको पासपोर्ट दुरुपयोगको मुद्दासँग सम्बन्धित थियो । यस विषयमा रविले आफ्नो प्रष्टीकरण मात्रै दिएनन्, आक्रोश र दिक्दारी पनि व्यक्त गरे । आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको उनले बताए । तर, अनाहकमा दु:ख दिन खोजिएकोप्रति खेद व्यक्त गरे ।

उनले भने- ‘अदालतको पूर्ण पाठमा नै लेखिएको छ कि २०१८ मा त्यागिसकिएको भनेर लेखिएको छ । त्यसलाई पनि कसैले व्याख्या गर्छ भने… यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि…अरू त…’पत्रकारले रविलाई तपाईँको उम्मेदवारीमा कुनै कानूनी उल्झन हुन्छ कि हुँदैन भनेर सोधेका थिए ।

उनले जवाफ दिए, ‘मैले कानूनी उल्झन केही देखेको छैन । के छ र यसमा बाँकी ? तर, कसैले कसैलाई चाह्यो भने… यो देशमा… मैले तपाईँलाई चाहेँ भने पाँच दिन स्टडी गरेर सय वटा मुद्दा ठोक्दिन सक्छु । मलाई दुखै दिने, खत्तमै पार्ने भनेर भएभरका सारा शक्ति लागेर सक्नै पर्ने पात्र म हो कि होइन थाहा छैन… के त्यस्तो अपराध गरेको छु थाहा छैन… होइन भने मैले न्यायिक र अदालती प्रक्रियाबाट टुंगिसकेको कुराहरूलाई… न मेरो कुनै पावर छ, न पहुँच छ… न म मुद्दा प्रभावित पार्न सक्छु… मसित केही छ ती जनता हुन् । सबैभन्दा शक्तिशाली भनेको सार्वभौम जनता हुन् ।’

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...