रवि लामिछानेले चितवन २ मा गरे मनोनयन दर्ता



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपचुनावका लागि आफ्नो मनोनयन दर्ता गरेका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दायर गरेका हुन् ।

रवि गत मंसिर ४ मा भएको संसदीय निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । तर, अदालतको फैसलाबाट उनको पद रिक्त भएपछि फेरि उपनिर्वाचन भएको हो । पार्टीले उनलाई दोहोर्‍याएर उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए । एमालेका कृष्णभक्त श्रेष्ठले १४ हजार ६४९ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...