रवि लामिछानेले चितवन २ मा गरे मनोनयन दर्ता



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपचुनावका लागि आफ्नो मनोनयन दर्ता गरेका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दायर गरेका हुन् ।

रवि गत मंसिर ४ मा भएको संसदीय निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । तर, अदालतको फैसलाबाट उनको पद रिक्त भएपछि फेरि उपनिर्वाचन भएको हो । पार्टीले उनलाई दोहोर्‍याएर उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए । एमालेका कृष्णभक्त श्रेष्ठले १४ हजार ६४९ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...