म कांग्रेस पार्टीको मान्छे नै होइन : गोविन्दराज जोशी



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेसले आउँदो उपचुनावलाई मध्यनजर गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय लियो । तर, कांग्रेसको यो निर्णयमा जोशीले चिसो प्रतिक्रिया दिएका छन् । कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले यस पार्टीसँग आफ्नो कुनै साइनो नरहेको उनले बताए ।

‘म कांग्रेस पार्टीको मान्छे नै होइन,’ जोशीले भने, ‘पार्टीबाहिरको व्यक्तिबारे कांग्रेसले निर्णय लिन मिल्छ र ?’ उनले आफू अहिले कांग्रेसको साधारण सदस्य समेत नभएकाले यो निर्णयको औचित्य नरहेको उल्लेख गरे । कांग्रेसले एमालेलाई मिलाउने, माओवादीलाई मिलाउने निर्णय गरे के हुन्छ ?’ उनले भने । आउँदो उपचुनावमा आफूहरुले कसैलाई समर्थन नगरेको जोशीले स्पष्ट पारे । अहिले हामी चुपचाप लागेर हेर्छौं,’ उनले भने ।

यस्तै जोशीका छोरा एवं व्यास नगरपालिकाको मेयरका पराजित उम्मेदवार दीपकराज जोशीले पनि सम्बन्धित व्यक्तिगत नसोधिकन उनीहरूकै स्वार्थका लागि निर्णय भएको बताएका छन् । हामीसँग सोधिएको पनि छैन, चुनावका बेला उनीहरूकै स्वार्थमा भएको निर्णय गलत छ,’ उनले भने, ‘प्याकेजसहितको केही निर्णय आउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...