म कांग्रेस पार्टीको मान्छे नै होइन : गोविन्दराज जोशी



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेसले आउँदो उपचुनावलाई मध्यनजर गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय लियो । तर, कांग्रेसको यो निर्णयमा जोशीले चिसो प्रतिक्रिया दिएका छन् । कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले यस पार्टीसँग आफ्नो कुनै साइनो नरहेको उनले बताए ।

‘म कांग्रेस पार्टीको मान्छे नै होइन,’ जोशीले भने, ‘पार्टीबाहिरको व्यक्तिबारे कांग्रेसले निर्णय लिन मिल्छ र ?’ उनले आफू अहिले कांग्रेसको साधारण सदस्य समेत नभएकाले यो निर्णयको औचित्य नरहेको उल्लेख गरे । कांग्रेसले एमालेलाई मिलाउने, माओवादीलाई मिलाउने निर्णय गरे के हुन्छ ?’ उनले भने । आउँदो उपचुनावमा आफूहरुले कसैलाई समर्थन नगरेको जोशीले स्पष्ट पारे । अहिले हामी चुपचाप लागेर हेर्छौं,’ उनले भने ।

यस्तै जोशीका छोरा एवं व्यास नगरपालिकाको मेयरका पराजित उम्मेदवार दीपकराज जोशीले पनि सम्बन्धित व्यक्तिगत नसोधिकन उनीहरूकै स्वार्थका लागि निर्णय भएको बताएका छन् । हामीसँग सोधिएको पनि छैन, चुनावका बेला उनीहरूकै स्वार्थमा भएको निर्णय गलत छ,’ उनले भने, ‘प्याकेजसहितको केही निर्णय आउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...