उड्न लागेको जहाजका पाइलटलाई पखाला लागेपछि…



हाम्रो इकोनोमि

 

 

शनिबार राति काठमाडौंबाट दुबई उड्न तयारी अवस्थामा रहेको जहाजका पाइलटको स्वास्थ्यमा समस्या आएपछि उडान नै रद्द भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडीका पाइलटलाई पखाला लागेपछि उडान नै रद्द भएको हो । दिल्लीबाट काठमाडौं आउने क्रममा क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्टले खाएका खानाले ‘फुड प्वाइजन’ गराएपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।

अर्को जगेडा पाइलट नपाउँदा उडान नै रद्द गर्नुपरेको विमानस्थल प्रशासनले जानकारी दिएको छ । उडान रद्द हुँदा काठमाडौंबाट दुबई जाने र दुबईबाट काठमाडौं आउने ५ सय ४३ यात्रु अलपत्र परेका थिए । अन्तिम समयमा उडान रद्द भएपछि राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए २२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको थियो । यस्तै, दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान आरए २३० उडान पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...