उड्न लागेको जहाजका पाइलटलाई पखाला लागेपछि…



हाम्रो इकोनोमि

 

 

शनिबार राति काठमाडौंबाट दुबई उड्न तयारी अवस्थामा रहेको जहाजका पाइलटको स्वास्थ्यमा समस्या आएपछि उडान नै रद्द भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडीका पाइलटलाई पखाला लागेपछि उडान नै रद्द भएको हो । दिल्लीबाट काठमाडौं आउने क्रममा क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्टले खाएका खानाले ‘फुड प्वाइजन’ गराएपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।

अर्को जगेडा पाइलट नपाउँदा उडान नै रद्द गर्नुपरेको विमानस्थल प्रशासनले जानकारी दिएको छ । उडान रद्द हुँदा काठमाडौंबाट दुबई जाने र दुबईबाट काठमाडौं आउने ५ सय ४३ यात्रु अलपत्र परेका थिए । अन्तिम समयमा उडान रद्द भएपछि राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए २२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको थियो । यस्तै, दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान आरए २३० उडान पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...