कांग्रेसका मन्त्री छान्ने जिम्मा शेरबहादुर देउवालाई



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको भागमा परेको मन्त्रालयअनुसार मन्त्रीको नाम पठाउने प्रवक्ता प्रकाशशरण महतले बताए । १० दलीय गठबन्धनमा कांग्रेसलाई ८ मन्त्री भागमा परेको छ । मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशीता र प्रदेशिक सन्तुलन मिलाएर पठाउने महतले बताए ।

उनले भने, ‘सभापतिजीले सबैसँग छलफल र सुझाव लिनुभएको छ । त्यही अनुसार निर्णय लिनुहुन्छ । अब आजै शपथ लिने भन्ने विषयमा प्रधानमन्त्रीले खबर गर्नुहोला ।’ बारा २ को उम्मेवार चयनका लागि फेरि छलफलका भने १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर फेरि निर्णय लिने उनले बताए । त्यहाँ कांग्रेसले जसपालाई छाड्ने तयारी गरेको छ ।

गठबन्धनलाई साथ दिएको रास्वपालाई किन सरकार बाहिरै राख्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘रास्वपाले साथ दिएको विषयलाई मध्यनजर गरेका छौं । त्यस विषयमा पछि कसरी जाने भन्ने विषयमा उहाँहरूसँगको परामर्शमै यो कुरा भएको हो । रमेश तामाङ

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...