बारा २ मा उपेन्द्र यादव र राजेन्द्र महतो भिडदै



हाम्रो इकोनोमि

 

 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने भएको छ । मंसिर ४ मा भएको निर्वाचनमा सर्लाही २ बाट पराजित भएका महतोलाई लोसपाले उम्मेदवार बनाउने तयारी गरेको हो । लोसपा एक नेताले भने, ‘हामीले महतोजीलाई उम्मेदवार बन्नुपर्‍यो भनेका छौँ । उहाँ उपनिर्वाचन लड्न तयार हुनुहुन्छ ।

बारा २ मा रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको ती नेताले बताए । उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिन महतो त्यहाँ चुनाव लड्न लागेको बता ए। जसपा अध्यक्ष यादव सत्ता गठबन्धनको साथ लिने प्रयासमा छन् । उनले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीको साथ पाउने सम्भावना छ ।

तर, सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पूर्वमन्त्री तथा माओवादी नेता शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कुशवाह पनि गत निर्वाचनमा जसपाका रामसहाय यादवसँग करिब तीन सय मतले मात्रै परिजित भएका थिए । एमाले नेता बलवीर चौधरी र पुरुषोत्तम पाैडेल सो क्षेत्रका सम्भावित उम्मेदवार हुन् ।

उनी गत चुनावमा प्रदेशसभामा सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए । एमालेले उम्मेवार टुंग्याउन सचिवालय बैठक बोलाएको छ । एमालेले उपनिर्वाचन हुने तीनै क्षेत्रमा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...