बारा २ मा उपेन्द्र यादव र राजेन्द्र महतो भिडदै



हाम्रो इकोनोमि

 

 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने भएको छ । मंसिर ४ मा भएको निर्वाचनमा सर्लाही २ बाट पराजित भएका महतोलाई लोसपाले उम्मेदवार बनाउने तयारी गरेको हो । लोसपा एक नेताले भने, ‘हामीले महतोजीलाई उम्मेदवार बन्नुपर्‍यो भनेका छौँ । उहाँ उपनिर्वाचन लड्न तयार हुनुहुन्छ ।

बारा २ मा रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको ती नेताले बताए । उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिन महतो त्यहाँ चुनाव लड्न लागेको बता ए। जसपा अध्यक्ष यादव सत्ता गठबन्धनको साथ लिने प्रयासमा छन् । उनले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीको साथ पाउने सम्भावना छ ।

तर, सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पूर्वमन्त्री तथा माओवादी नेता शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कुशवाह पनि गत निर्वाचनमा जसपाका रामसहाय यादवसँग करिब तीन सय मतले मात्रै परिजित भएका थिए । एमाले नेता बलवीर चौधरी र पुरुषोत्तम पाैडेल सो क्षेत्रका सम्भावित उम्मेदवार हुन् ।

उनी गत चुनावमा प्रदेशसभामा सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए । एमालेले उम्मेवार टुंग्याउन सचिवालय बैठक बोलाएको छ । एमालेले उपनिर्वाचन हुने तीनै क्षेत्रमा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...