सडक आन्दोलनमा होमिने राप्रपाको तयारी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजीको मुद्दालाई चर्काउन सडक आन्दोलनमा होमिने तयारी गरेको छ । पार्टीका राजनीतिक एजेन्डाहरुलाई सडक र सदन दुवै मोर्चाबाट चर्काएर ‘वार कि पार’ गर्ने नेताहरुले दाबी गरेका छन् ।

दुई दिनअघि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ बुँदे निर्णय गरेको थियो । त्यसको पाँचौं बुँदामा ‘पार्टीको राजनीतिक लक्ष्यप्राप्ति र जनजीविकासँग सम्बन्धित विषयमा आन्दोलनमा केन्द्रीत हुने गरी छलफल चलाएको’ उल्लेख छ । आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा महामन्त्री शरद पाठक र सहमहामन्त्री झनक प्याकुरेल रहेको समिति समेत गठन गरिएको थियो ।

समितिका सदस्य पाठक परिणाम नै हासिल हुने किसिमले पार्टीका राजनीतिक एजेन्डाहरुको पक्षमा संघर्ष गर्ने तयारी भएको बताउँछन् । सडकमा आफ्नो उपस्थिति देखाउनलाई होइन, हामीले आफ्ना एजेन्डाहरु हासिल गर्नका निम्ति निर्णायक आन्दोलनको गृहकार्य गरेका हौं,’ उनले भने, ‘बरु गृहकार्यमा धेरै दिन लाग्न सक्छ, तर यो आन्दोलन बृहद र प्रभावकारी हुन्छ । यसलाई ‘वार कि पार’ को आन्दोलन भन्न सकिन्छ ।’

पाठकले राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना र संघीयताको खारेजीलाई प्रमुख राजनीतिक एजेन्डाका रुपमा अघि सारिने र जनजिविकाका सवालहरु पनि उठाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...