तीन मन्त्रालय नपाए सरकारमा नजाने नेकपा एसको निर्णय



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’ उनले अहिले आफूहरु एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताए ।

उनल भने, ‘नामहरु सबै छन् । तीन मन्त्रालय पाएपछि कुन नाम कसरी दिने भन्ने तयार नै छौं । अनुमान गरेको नाम नै धेरै मिल्नसक्छ । तर, तीन मन्त्रालय नदिएसम्म हामी नाम खुलाउँदैनौँ ।’उनले आफूहरुले धेरै कुरा त्याग गरेको भएकाले अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...