पूर्वमन्त्री कुशवाहले माओवादी छाडे, जनमत पार्टीबाट उम्मेदवार घोषणा



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा गठबन्धनबाट माओवादी उम्मेदवार बनी करिब ३ सय मत अन्तरमा जसपाका रामसहाय यादवसँग पराजित भएका कुशवाह बुधबार जनमतमा प्रवेश गरेका हुन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा कुशवाहलाई स्वागत गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले माओवादी आन्दोलनमा योगदान गरेका कुशवाहलाई बारा २ बाट उपचुनावमा उम्मेदवार बनाउने घोषणा समेत गरे ।

रामसहाय उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपचुनाव हुँदैछ । उपेन्द्र यादवलाई चुनाव जिताउँने षडयन्त्र अनुरुप बारा २ मा हतार हतार उपचुनाव गराइएको भन्दै राउतले सप्तरीका जनताले अश्वीकार गरेका यादवलाई बारा २ का जनताले पनि अश्वीकार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...