कोशी नामकरणविरोधी आन्दोलनमा १४ जना घाइते



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका सांसदहरू सहभागी कार्यक्रमस्थल घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ जना घाइते भएका छन् । जसमा ८ जना आन्दोलनकारी र ६ जना प्रहरी छन् । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया भइरहेको बेला कोशी नाम खारेजीको माग गर्दै आन्दोलनकारी कार्यक्रमस्थल बिग होटल घेर्न इटहरी, धरानलगायत ठाउँबाट बस चढेर विराटनगर आएका थिए । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसाग झडप भएको हो ।

झडपमा मोरङ ग्रामथानका सुरज राई, धरान १२ का अशोक राई, धरानका २२ वर्षीय उदय लिम्बू, इटहरी ५ का पदम केरुङ, धरान १६ का शिव आङदेम्बे, धरानकै ज्ञानप्रकाश राई, धरान ५ का एके दर्नाल धरान ५ का विशाल राई घाइते भएको कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । उनीहरूको पारस अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्याँस प्रहार गरेको मोरङका एसपी दीपक पोखरेलले बताए । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...