कोशी नामकरणविरोधी आन्दोलनमा १४ जना घाइते



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका सांसदहरू सहभागी कार्यक्रमस्थल घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ जना घाइते भएका छन् । जसमा ८ जना आन्दोलनकारी र ६ जना प्रहरी छन् । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया भइरहेको बेला कोशी नाम खारेजीको माग गर्दै आन्दोलनकारी कार्यक्रमस्थल बिग होटल घेर्न इटहरी, धरानलगायत ठाउँबाट बस चढेर विराटनगर आएका थिए । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसाग झडप भएको हो ।

झडपमा मोरङ ग्रामथानका सुरज राई, धरान १२ का अशोक राई, धरानका २२ वर्षीय उदय लिम्बू, इटहरी ५ का पदम केरुङ, धरान १६ का शिव आङदेम्बे, धरानकै ज्ञानप्रकाश राई, धरान ५ का एके दर्नाल धरान ५ का विशाल राई घाइते भएको कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । उनीहरूको पारस अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्याँस प्रहार गरेको मोरङका एसपी दीपक पोखरेलले बताए । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...