मिटरव्याजलाई अपराधी घोषणा गर्ने सरकारको निर्णय
सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी उक्त कानूनमा दण्ड/सजायको व्यवस्था गर्ने बताइएको छ ।
उनले भने, ‘अहिले मिटरव्याजको समस्या एकदमै देखियो । पीडितहरु काठमाडौं नै आएर आन्दालन गरिरहेका छन् । यसको समस्या जताततै देखिएपछि यसलाई अपराध घोषणा गर्ने र त्यसलाई अपराध संहितामा राख्ने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।