१२ दिन पैदल हिँडेर काठमाडौं आइपुगे मिटरव्याज पीडित



हाम्रो इकोनोमि

 

 

बर्दिबासका मिटरव्याजपीडित न्याय खोज्दै काठमाडौं आइपुगेका छन् । उनीहरू हेटौंडा हुँदै १२ दिनको पैदल हिँडेर राजधानी आइपुगेका हुन् । पीडितहरू खाने, बस्ने बन्दोबस्तीका सामान बोकेर आन्दोलनमा हिँडेका हुन् । उनीहरू चन्द्रागिरी मातातीर्थमा आइपुगेका छन् । समूह बनाएर आएका उनीहरू ८५ जना रहेको बताइएको छ । पीडितहरू मातातीर्थबाट सीधै काठमाडौं खुल्लामञ्च आउने तयारीमा छन् । आफ्नो माग पूरा नभएसम्म काठमाडौंबाट नफर्कने उनीहरूको अडान छ ।

पीडितलाई न्याय दे, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गरजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका पीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर माग राख्ने इच्छा राखेका छन् । मिटरब्याजी पिडितहरूले ८ गुनासम्म बढाएर मिटरब्याजीले रकम लिएको, घरबारविहीन बनाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...