१२ दिन पैदल हिँडेर काठमाडौं आइपुगे मिटरव्याज पीडित



हाम्रो इकोनोमि

 

 

बर्दिबासका मिटरव्याजपीडित न्याय खोज्दै काठमाडौं आइपुगेका छन् । उनीहरू हेटौंडा हुँदै १२ दिनको पैदल हिँडेर राजधानी आइपुगेका हुन् । पीडितहरू खाने, बस्ने बन्दोबस्तीका सामान बोकेर आन्दोलनमा हिँडेका हुन् । उनीहरू चन्द्रागिरी मातातीर्थमा आइपुगेका छन् । समूह बनाएर आएका उनीहरू ८५ जना रहेको बताइएको छ । पीडितहरू मातातीर्थबाट सीधै काठमाडौं खुल्लामञ्च आउने तयारीमा छन् । आफ्नो माग पूरा नभएसम्म काठमाडौंबाट नफर्कने उनीहरूको अडान छ ।

पीडितलाई न्याय दे, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गरजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका पीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर माग राख्ने इच्छा राखेका छन् । मिटरब्याजी पिडितहरूले ८ गुनासम्म बढाएर मिटरब्याजीले रकम लिएको, घरबारविहीन बनाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...