भक्तपुर-नगरकोट सडक अलपत्र, प्रचण्डको घरबेटीको ठेक्का खारेज



 

 

भक्तपुर-नगरकोट सडक पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्का तोड्न आयोजना कार्यालयले सार्वजिनक सूचना निकालेको छ । शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । प्रचण्डको घरबेटी भएकै कारण उनले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको आलोचना हुँदै आएको थियो ।

शैलुङ कन्स्ट्रक्सनले २०७०/७१ मा भक्तपुरदेखि नगरकोटसम्मको सडक सुधार र विकासका लागि ठेक्का पाएको थियो । ठेक्का पाएको करिब १० वर्षको अवधिमा ८ पटक म्याद थप्दा पनि काम नभएपछि ठेक्का तोड्न भक्तपुर नगरकोट सिपाघाट/बालाजु, त्रिशुली छहरे सडक आयोजनाले सोमबार सूचना निकालेको छ । यदि सम्झौता खारेज गर्नु नपर्ने कारण छ भने १४ दिनभित्र पेश गर्न पनि समय दिइएको छ । अन्यथा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार ठेक्का सम्झौता खारेज हुनेछ ।

यो सडक ठेक्काको समयसीमा पछिल्लो पटक पुस ३० सम्मका लागि थपिएको थियो । तर, म्याद सकिएको साढे २ महिना बित्दासम्म कामको सुरसार नभएपछि ठेक्का तोड्ने प्रक्रिया बढाइएको हो । लिखित र मौखिक सहमतिअनुसार कार्य प्रगति नभएकाले ठेक्का सम्झौता खारेज गर्न लागिएको आयोजनाका अधिकारीले बताएका छन् ।

पर्यटकीय गन्तव्य नगरकोट सडक खण्ड विस्तार नहुँदा १० वर्षदेखि स्थानीय र यात्रुले सास्ती भोग्दै आएका छन् । पटकपटक स्थानीयको विरोध भएपनि उही ठेकेदारलाई पटकपटक समय थप गरेर ठेक्का कायमै राख्दै आएको थियो ।

यसअघि उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गत फागुन १८ गते भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका थिए । उनले भक्तपुर-नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै यस्तै अवस्था रहे सहेर नबस्ने चेतावनीसमेत दिएका थिए ।

 

अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज हुन्छ ‘, उनले भनेका थिए । मन्त्री श्रेष्ठसमक्ष स्थानीयसमेतले सडक अलपत्र हुँदा पाएको सास्तीको गुनासो गरेका थिए । शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले बीचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भएको दाबीसहित एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिने प्रतिबद्धता जनाएपनि त्यसपछि काम अघि नबढाएको बताइएको छ ।

शैलुङले ठेक्का पाएको पाँच वर्षे अवधिमा तीन पटक म्याद थप र १३ प्रतिशत भेरिएसन लिइसकेको छ । त्यसैगरी, चौथोपल्ट चिसो तथा वर्षाको कारण कालोपत्रे गर्ने कार्य गर्न नसकिएको तथा खरिद नियमावली २०६४ आठौं संशोधन अनुसार २०२० अप्रिल १९ मा निर्माण कार्यसक्ने गरी ६७६ दिन, पाचौंपटक खरिद नियमावली नवौं संशोधन अनुसार म्याद थपसम्बन्धी पूर्वनिर्णयहरू यथावत कायम भन्दै २०२० डिसेम्बर ३० सम्मका लागि २५५ दिन, छैटौं पटक कोभिडका कारण भएको बन्दाबन्दीको बाहानामा २०२१ जुन २९ दिनसम्म १८१ दिन र सातौंपटक गत चैत मसान्त अर्थात्त २०२२ अप्रिल १३ सम्मका लागि म्याद थप गरेको थियो । सार्वजनिक खरिद ऐनको १२ औं संशोधनअनुसार उक्त सडक निर्माणको म्याद आठौंपटक थपिएर २०७९ पुष मसान्तसम्म बनाइएको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र