अन्तिम तयारी सहित देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच आज बिहान छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।

सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरूले मंगलबार अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमतिमा पुग्ने समझदारीसमेत गरेका छन्।

सत्ता गठबन्धनमा १० दल छन्।

गत चैत ६ मा प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत लिएका थिए। विश्वासको मत लिएपछि दुई/चार दिनभित्रै मन्त्रिपरिषद बिस्तार हुने प्रधानमन्त्रीले बताए पनि अहिलेसम्म मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन। सत्ता गठबन्धनभित्र कसले कुन मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तार नभएको हो। नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि प्रधानमन्त्री दाहालले १६ मन्त्रालय आफैंले हेर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...