एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज ठोक्किनबाट जोगिए



हाम्रो इकोनोमि

 

 

एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो ।

तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो । एक्कासी १९ हजारफिटबाट तल झरेको एयर इण्डियाको जहाजलाई १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो । एयर इण्डियाको जहाज एक्कासी तल आएपछि दुवै जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम ‘टिकास’)ले सचेत गराएको थियो ।

सिमराको आकाशमा होल्ड गरिरहेका यी दुई जहाजबीच आवश्यक दुरी कायम नगरेको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ । छानविन पूरा भई प्रतिवेदन नआएसम्मका लागि एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा रहेका एटीसीलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ । यो घटनापछि एयर इण्डियाका पाइलटलाई कारवाही गर्न त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई नेपालको नागरिक उड्डयन प्राधिकरणले पत्र लेखेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका कारण विदेशी पाइलटलाई नेपालमा कारवाही गर्न सक्ने प्रावधान छैन । सोहीकारण यसबारे प्राधिकरणले पत्र लेखेको हो । यस घटनामा सो समयमा ड्यूटीमा रहेका एटीसीलाई भने तत्काल काममा नलगाउने गरी ड्यूटी ‘अफ’ गरिएको उनले जानकारी दिए । यस घटनामा दोष कसको हो भन्नेबारे हामी अनुसन्धान गर्छौं,’ उनले भने, ‘त्यसपछि निर्णय हुन्छ ।’

सामान्यतया आकाशमा दुई जहाज बीचको दुरी १ हजार फिट हुनु पर्छ । त्यो भन्दा नजिक आउँदा जहाजमा रहेको टिकासले सचेत गराउने गर्छ । यस्तो घटना केही समय अगाडि काठमाडौं नजिकैको आकाशमा समेत भएको थियो । सो घटनामा कतार एयरवेजका पाइलटको दोष देखिएपछि प्राधिकरणले कारवाही गर्न सम्बन्धित मुलुकको नियामक निकायमा पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा सुस्ता बचाउ अभियानको धर्ना

    सुस्ता बचाउ अभियानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ । भारतीय...

पार्टी एकताको सम्भावना छैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको...

नागरिकता र लालपुर्जा माग्दै माइतीघरमा धर्ना बस्ने सुस्ताबासीको तयारी

    भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग...

देशभर तीन दिनसम्म भारी वर्षाको सम्भावना

    देशभर मनसुनी गतिविधि बढ्न थालेको छ । जल तथा मौसम विज्ञान...