बारामा उपेन्द्र रोक्न सीके-महन्थ एकठाउँ, चुनाव जित्ने एमालेको दाउ



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनबाट बारा २ को उपचुनावमा उपेन्द्र यादवलाई समर्थन गरिए कांग्रेस, माओवादीलगायतका दलमा विद्रोहको चेतावनी फैलिएको छ । सो क्षेत्रबाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त ठाउँमा वैशाख १० गते उपचुनाव हुँदैछ । सप्तरी २ मा पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभामा आउनकै लागि रामसहायलाई उपराष्ट्रपति बनाइएको हो । १० दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर यादव चुनाव लड्न चाहन्छन् ।

यादवलाई सत्ता गठबन्धनले साझा उम्मेदवार बनाउने बारेमा औपचारिक निर्णय गरेको छैन । यद्यपि कांग्रेस, माओवादी, नेकपा एसलगायतका दलले यादवलाई उम्मेदवार बनाउने अनौपचारिक सहमति छ । तर, गठबन्धनमै आबद्ध सीके राउत नेतृत्वको जनमत पार्टी र लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) ले यादवविरुद्ध उम्मेदवार खडा गर्ने भएका छन् । राउतले महागढीमाईमा पुगेर चुनावी अभियान थाल्दै उपेन्द्रलाई बाहिरी फिरंगी उम्मेदवार भनेका छन् ।

मधेसमा उपेन्द्रविरुद्ध जनमत र लोसपाको गठबन्धन बनिसकेको छ । सम्भवतः लोसपाले बारा २ मा जनमत पार्टीलाई समर्थन गर्ने सो पार्टीका मधेस प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनालले बताएका छन् । सोनाल बाराबाटै निर्वाचित हुन् .मंसिर ४ को चुनावमा एमालेको मत पाएर रामसहायले जितेको यो क्षेत्रमा यसपटक उपेन्द्रले एमालेको मत पाउने सम्भावना छैन । एमाले भने सत्ता गठबन्धनमा आबद्ध दलहरूबीचको विवाद र विद्रोहको आधारमा आफ्नो उम्मेदवार खडा गर्ने तयारीमा छ ।

सो क्षेत्रमा एमालेको मत तेस्रो स्थानमा रहे पनि जित्ने खालका उम्मेदवार बाहिरबाटै आयात गर्न खोजिरहेको छ । एमाले नेता बलवीर चौधरी सो क्षेत्रका सम्भावित उम्मेदवार हुन् । तर, उनी गत चुनावमा प्रदेश सभामा सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए । एमालेका एक नेताका अनुसार गठबन्धनका कारण टिकट नपाउने प्रभावशाली व्यक्तिलाई तानेर उम्मेदवार बनाउने रणनीति छ । अघिल्लोपटक टिकट नपाएर बागी उठेका रामकिशोर यादवमा एमालेले नजर लगाएको थियो । तर, उनी यसबीचमा जसपामा फर्किसकेका छन् ।

माओवादी नेता शिवचन्द्र कुशवाह एमालेबाट उम्मेदवार बने भने पनि आश्चर्य नहुने यहाँका नेता-कार्यकर्ताबीच चर्चा छ । गत मंसिर ४ गतेको निर्वाचनमा एमालेको समर्थनमा रामसहायले १३ हजार ८२२ मत पाएर जित्दा कांग्रेस समर्थन पाएका कुशवाहले १३ हजार ४६८ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...