संविधान उल्टाउने कसरत भइरहेको छ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको व्यवस्थालाई उल्टाउने कसरत भइरहेको दाबी गरेका छन् । बुधबार राष्ट्रियसभामा दलितमाथि विभेद अन्त्यका लागि संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भने, ‘समाजमा सामाजिक जागरण र दलित मुक्तिको अभियान । समाजमा त्यो आन्दोलन प्रक्रिया अगाडि बढेन भने कानून विस्तारै निष्क्रिय हुँदै जाने, कानून निष्प्रभावी हुँदै जाने खतरा छ । विस्तारै ती कानून र संविधानको व्यवस्थालाई पनि उल्टाउने कसरत पनि सुरू हुनसक्छ ।’ उनले दलित र उत्पीडितहरूका विरुद्ध फेरि एकचोटि सामन्तवादतिर फर्काउने कसरतका भएको टिप्पणी गरे ।

‘अहिले पनि समाजमा हामीले विभिन्न कोणबाट संविधानमा भएका सकारात्मक व्यवस्थालाई सामान्तवादमाथि विजयी हासिल गरेर नेपाली जनताले बनाएको व्यवस्थाहरूलाई उल्टाउने कसरतहरू भइरहेका छन् । यी कसरतहरू पनि कहीँ न कहीँ दलित र उत्पीडितहरूका विरुद्ध फेरि एकचोटी सामन्तवादतिर फर्काउने कसरतका रूपमा पनि छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...