रेशम चौधरी छुट्नुहुन्छ, म मन्त्री बन्छु : रञ्जिता श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहभागी हुने निश्चित भएको छ । सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्न लागेकी हुन् । गत संसदीय चुनावमा यस पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । रेशम पत्नी रञ्जिता कैलाली १ बाट विजयी भएकी थिइन् । रेशमका बुवा लालवीर चौधरीले पनि बर्दिया २ बाट जित हासिल गरेका थिए ।  रञ्जिताले आफ्नो पार्टीले गठवन्धनमा दुईवटा मन्त्रालयको दावी गर्ने बताइन् । यही मन्त्रालय चाहिन्छ भन्ने नभएको उनको भनाइ छ ।‘हामीले दुईवटा मागेका छौं । छलफल चलिरहेको छ । सायद एक–दुई दिनमा टुंगिन्छ होला,’ श्रेष्ठले भनिन् ।

प्रधानमन्त्री प्रचण्डले भने नागरिक उन्मुक्तिका लागि एक मन्त्री छुट्याएका छन् । गठवन्धनमा रहेका ११ वटा पार्टीलाई भाग पुर्याउनुपर्ने भएकाले उन्मुक्तिलाई एकभन्दा बढी मन्त्री दिन सम्भव देखिएको पनि छैन । उन्मुक्तिले यसअघि उपराष्ट्रपति पदमा प्रयास गरेको थियो । रञ्जिता आफैं सो पदकी आकांक्षी थिइन् । तर, उनको उमेर नपुगेपछि उम्मेदवारी दिनबाट वञ्चित भइन् । अब उनी मन्त्री बन्न कम्मर कसेकी छन् ।तपाईंलाई उपप्रधानमन्त्री चाहिन्छ कि मन्त्रीमात्रै बन्न पनि तयार हुनुपर्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘हामीले उपप्रधानमन्त्री चाहिन्छ भनेका छैनौं ।’

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...