प्रहरीले नागरिकको मुख थुन्न मिल्छ : सांसद विमला राई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेकी सांसद डा. विमला राई पौड्यालले प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन् । मंगलबार प्रधानमन्त्री दाहाल सहभागी एक कार्यक्रममा केही युवाले नाराबाजी गर्दा प्रहरीले मुख थुनेर बोल्न नदिएको घटनामा बुधबारको राष्ट्रियसभा बैठकमा सांसद राईले सरकारलाई प्रश्न गरेकी हुन् । ती युवाहरूले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने माग गर्दा प्रहरीले मुख थुन्दै पक्राउ गरेको थियो । उनले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीहरूले जबर्जस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि सरकारले ज्यादती गर्नुको कारण खोजिन् ।

‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीहरूले उनीहरूको जबर्जस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको छ । लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौं । यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ?’, सांसद राईको प्रश्न थियो । त्यसरी मुख थुन्ने प्रहरीमाथि कारबाही भएको छ कि छैन ? भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षणसमेत गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...