प्रचण्डले इतिहासको कठघरामा उभिएर जवाफ दिनुपर्नेछ : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस १० गते भएको सहमति किन तोडेको भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत मागेपछि बोल्दै उनले भने, ‘तपाईंलाई त्यस्तो के कारण पर्यो ? जुन कारण त्यो सहयात्राबाट आज यो सहयात्रामा फर्किनुभएको छ । तपाईंलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते त्यो सहमतिमा किन पुग्नुभयो ? आज जवाफ नदिन सक्नुहुन्छ । तर, तपाईंलाई इतिहासले निरन्तर प्रश्न सोधिरहन्छ ।’

प्रधानमन्त्री बन्न एमाले चाहिए पनि दुई महिना नपुग्दै सहयात्राप्रति दुरी कायम गर्नुपर्ने कारण किन आयो भन्दै उनले प्रश्न गरे । ‘हामी निर्वाचनबाट पहिलो पार्टी बन्न नसकेपछि गठबन्धनले सरकार बनाओस् भन्ने पक्षमा थियौं । हामी प्रतिपक्षमा रहन्छौं । जनताको माग र मुद्दा प्रतिपक्षमा रहेर उठाउँछौं । यो दृष्टिकोणको साथ हामीहरु लामो समयसम्म प्रतिक्षा गरेर बस्यौं’, उनले भने, ‘कुनै लुकेको कुरा छैन। जब गठबन्धनले सरकार दिन सकेन । राष्ट्रपतिज्यूले उलपब्ध गराउनुभएको समयमा सरकार बनाउन नसकेपछि प्रचण्डले एमालेलगायत दलको समर्थन चाहियो । म प्रधानमन्त्री बन्न चाहन्छु भन्नेपछि हामीले ससर्त समर्थन दिएका थियौं ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र

    नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आजसम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगरे १५औँ...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको...

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

    रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । हिजो तामझामसहित उद्घाटन...

नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...