प्रधानमन्त्री बनाएकै भोलिपल्ट प्रचण्डले इमान छाडे : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान छाडेको टिप्पणी गरेका छन् । प्रचण्डले राजनीतिक समीकरण फेरेपछि तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुअघि एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नातावाद, कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ । त्यो पार्टीका उहाँ बाहेक सबै अरू केही छैन । अलमलमा वा दबाबमा हुनुहुन्छ । प्रधानमन्त्रीजी जंगबहादुर शैलीको हुनुहुन्छ । उहाँले जे भन्यो उहाँहरूले अरूलाई बोल्न पनि दिनुहुन्छ । बोलेझैँ गर्‍यो भनेपनि विपक्षमा बोल्यो भनेर त्यसको पत्ता साफ हुन्छ । अरूसँग मिलेको भन्ने आरोप लाग्छ । एकता गर्नु हुन्न । कदम कदाचित एकता भयो भने पनि तोड्ने उद्योगमा लाग्नुहुन्छ । तोडेर जानुहुन्छ । चुनावी तालमेल गर्दा पनि सरकार बनाउन चाहनुभएन ।’

प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको आरोप लगाए। वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाएको उनको भनाइ छ । उनले भने, ‘हाम्रो पहलमा वामपन्थी सरकार उहाँकै नेतृत्वमा बनायौँ तर, प्रधानमन्त्री भएकै भोलिपल्ट उहाँले इमान छाड्नुभयो। इमानमा रहन सक्नुभएन ।’ उनले प्रधानमन्त्री प्रचण्डप्रति विश्वास नभएको कारणले विश्वासको मत नदिने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...