किसानलाई एक बोरा मल उपलब्ध गराउन नसक्ने यो कसको सरकार हो : महेश बर्तौला



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले मलको मूल्य बढाएकोप्रति असन्तुष्टि जनाएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको बताउनुभयो ।

उहाँले सरकारलाई प्रश्न गर्दै भर्नुभयो, ‘यो सरकार कसको होरु कसको लागि काम गरिरहेको छ ? नेपालका किसानलाई समयमा एक बोरा मल समेत उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी, ढाड भाँच्ने गरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । कहिलेबाट सरकारबाट किसानले यस खालको ज्यादतीपूर्ण अन्याय सहनुपर्ने हो ?’

उहाँले अव्यवस्थित बसोबासी र दलित भूमिहीनले लामो समयदेखि जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘जग्गाधनी पुर्जा पाउनका लागि उनीहरूले कहिलेसम्म कुर्नुपर्ने हो रु म सरकारलाई प्रश्न गर्न चाहन्छु।’ उहाँले देशमा भएको बेरोजगारी समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...