किसानलाई एक बोरा मल उपलब्ध गराउन नसक्ने यो कसको सरकार हो : महेश बर्तौला



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले मलको मूल्य बढाएकोप्रति असन्तुष्टि जनाएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको बताउनुभयो ।

उहाँले सरकारलाई प्रश्न गर्दै भर्नुभयो, ‘यो सरकार कसको होरु कसको लागि काम गरिरहेको छ ? नेपालका किसानलाई समयमा एक बोरा मल समेत उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी, ढाड भाँच्ने गरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । कहिलेबाट सरकारबाट किसानले यस खालको ज्यादतीपूर्ण अन्याय सहनुपर्ने हो ?’

उहाँले अव्यवस्थित बसोबासी र दलित भूमिहीनले लामो समयदेखि जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘जग्गाधनी पुर्जा पाउनका लागि उनीहरूले कहिलेसम्म कुर्नुपर्ने हो रु म सरकारलाई प्रश्न गर्न चाहन्छु।’ उहाँले देशमा भएको बेरोजगारी समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...