गृहमन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा जाँदा आफ्नो पार्टीको पहिलो प्राथमिकता गृह मन्त्रालय रहने बताएका छन् । उपराष्ट्रपतिको निर्वाचनको क्रममा संसद भवनमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने बताए । विश्वासको मत लिइसकेपछि सरकारलाई पूर्णता दिन धेरै समय नलाग्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन । तर, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्ने गरी दाबी गर्छ । राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले, माओवादीले प्रधानमन्त्री रोज्यो । अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं ।’

उनले पार्टीबाट गृहमन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने आफू नै जाने भन्ने चर्चा स्वाभाविक भएको बताए । उनले अब लगभग दुई बर्षपछि पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री भएर डेढ वर्ष चलाउने दाबी गरे । गठबन्धन दलमा अहिले भएको सहमतिमा धोका हुन्छ भन्ने आफूहरुले नसोचेको बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...