जित्ने कुरामा म ढुक्क छु : अष्टलक्ष्मी शाक्य



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जित हुने दाबी गरेकी छन् । संसद भवनमा जारी मतदान प्रक्रियाको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेकी हुन् । उनले भनिन् अहिलेको माहोल देख्दाखेरी सबैको प्रतिक्रिया सुन्दा म ढुक्क छु । अहिले दल–दल एकातिर बसेपनि संविधान विपरित पुरुष उम्मेदवार बनाउनै नहुँने हो। संविधानको भावना अनुसार आपत्तिजनक छ ।

राजनीति हिबासले उपराष्ट्रपतिमा भूमिका नभएपनि सामाजिक रुपान्तरणमा लाग्नसक्ने उनको बुझाइ छ । उनले भनिन्, ‘मेरो इच्छाले भन्दापनि आवश्यकता महशुस गरेर उम्मेदवार भएको हुँ । पार्टीबाटै आग्रह भएपछि मैले स्वीकारेको हो । म अहिले पनि राजनीतिमा सक्रिय छु । यो सेरोमोनियल पद हो । अधिकारसम्पन्न कार्यकारी पनि होइन राष्ट्रपति र उपराष्ट्रपति । तर, यो गरिमामय पद हो । यसले संविधान र राष्ट्रको संरक्षण गर्नुपर्छ। कामको हिसाबले कमजोर भएपनि यो उच्च पदस्थ हो ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...