म गठबन्धनको सर्वसम्मत उम्मेदवार हुँ : रामसहाय यादव



हाम्रो इकोनोमि

 

 

उपराष्ट्रपतिको चुनावी मैदानमा रहेका जसपाका रामसहायप्रसाद यादवले गठबन्धनबाट सर्वसम्मत उम्मेदवार आफू भएको बताएका छन् । जारी मतदान प्रक्रियामा भोट हालेर निस्किँदै गर्दा उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा आशा जनाए । १० दलीय गठबन्धन भित्रैबाट उपराष्ट्रपतिमा रामसहायसहित जसपाकै प्रमिला यादव र जनमतकी ममता झाको उम्मेदवारी परेको छ । प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेपनि निर्धारित समयमा फिर्ता नलिएका कारण मतपत्रमा उनको पनि नाम छ । लोसपा, जनमत र नाउपाले ममतालाई अघि सारेका छन् ।

उपराष्ट्रपति उम्मेदवार यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाए । गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुनेछ । संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु ‘, यादवले भने ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...