म गठबन्धनको सर्वसम्मत उम्मेदवार हुँ : रामसहाय यादव



हाम्रो इकोनोमि

 

 

उपराष्ट्रपतिको चुनावी मैदानमा रहेका जसपाका रामसहायप्रसाद यादवले गठबन्धनबाट सर्वसम्मत उम्मेदवार आफू भएको बताएका छन् । जारी मतदान प्रक्रियामा भोट हालेर निस्किँदै गर्दा उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा आशा जनाए । १० दलीय गठबन्धन भित्रैबाट उपराष्ट्रपतिमा रामसहायसहित जसपाकै प्रमिला यादव र जनमतकी ममता झाको उम्मेदवारी परेको छ । प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेपनि निर्धारित समयमा फिर्ता नलिएका कारण मतपत्रमा उनको पनि नाम छ । लोसपा, जनमत र नाउपाले ममतालाई अघि सारेका छन् ।

उपराष्ट्रपति उम्मेदवार यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाए । गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुनेछ । संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु ‘, यादवले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...