नेप्सेमा दोहोरो अंकको गिरावट



हाम्रो इकोनोमि

 

 

 

साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार २४.६८ अंकले घटेर बजार परिसूचक १९५१.२१ को विन्दुमा आइपुगेको छ । सोमबार दोस्रो बजारमा कारोबारमा आएका २५६ कम्पनी मध्ये १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यस्तै पाँच कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । आज कुल ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बाराबर रह्यो ।

सोमबारको दोस्रो बजारमा शुभम् पावर लिमिटेड, युनिक नेपाल लघुवित्त र ग्रिन भेन्चर लिमिटेडका लगानीकर्ता बजारबाट नाफा कमाउनेमा परे भने खप्तड लघुवित्त, आदर्श लघुवित्त र हिमालयन बैंकका लगानीकर्ताले बजारबाट धेरै गुमाए । घटेको बजारमा एनआईसी एशिया बैंकको सेयर सबैभन्दा धेरै ६ करोड २४ लाख रुपैयाँ बाराबर कारोबार भयो भने दोस्रो धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट रह्यो । कारोबारमा आएका १३ वटै उपसमूह राताम्मे भए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...