निवर्तमान राष्ट्रपति विद्या भण्डारी छोरी उषाकिरणको घरमा बस्ने



हाम्रो इकोनोमि

 

 

निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकाल सकिएसँगै आज शीतल निवास छाड्दै छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेलगत्तै भण्डारीले शीतलनिवास छाड्ने तयारी गरेकी हुन् । बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम नसकिएकाले उनी सीधै छोरीको घरमा जाने भएकी हुन् । शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारी जेठी छोरी उषाकिरणको घरमा जाने भएकी छन् । उनको घर बालुवाटारमा छ ।

यसअघि देवर कैलाश भण्डारीको घरमा सर्ने तयारी थियो । तर, त्यहाँ सुरक्षाकर्मी बस्ने ठाउँ नभएपछि भण्डारी आफ्नो घर निर्माणको काम नसकेसम्म छोरीको घरमा बस्न लागेकी हुन् । २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा निर्वाचित भएपछि भण्डारी देवर कैलाश भण्डारीकै घरबाट शीतल निवास छिरेकी थिइन् । २०७४ फागुन २९ मा दोस्रो कार्यकाल निर्वाचित भण्डारी सात वर्षपछि शीतलनिवास छाड्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...