माओवादी उठ्यो भने सबै षड्यन्त्र खरानी हुन्छ : विप्लव



हाम्रो इकोनोमि

 

 

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको व्यवस्था उल्टाएर नेपाललाई ०४७ सालमा फर्काउन खोजेको भन्दै आफूहरू मौन नरहने चेतावनी दिएका छन् । माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले कुनै पार्टीको मात्रै नभएर आज सिंगै नेपाली जनताको अधिकार संरक्षण गर्नुपर्ने बताए ।

विप्लवले भने, ‘हामी सडकमा सुन्छौं यो परिवर्तनलाई पनि फर्काएर ०४७ सालमा लान खोजिँदैछ । त्यो कदापि स्वीकार हुन सक्दैन । त्यो समाधान पनि होइन । यो समाधान भनेको संसदीय व्यवस्था, दलाल व्यवस्था पूँजीवादी व्यवस्थाले पनि थेग्न नसकेको नेपाली जनताको अपेक्षा चाहनालाई थेग्न नसकेको परिस्थिति हो । यसलाई अग्रमागामी परिवर्तन गरेर वैज्ञानिक समाजवादतिर लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।’

उनले थपे, ‘हामी एकताबद्ध भएर जानुपर्छ । नेपाललाई अझै रुपान्तरण गरेर पुर्नसंरचनातर्फ लैजाने सोच्नुपर्छ । त्यो भएमात्रै हामी सफल हुनसक्छौं । हामी निराश हुनुपर्ने जरुरी छैन । आगोको भुँग्रोमा अहिले दलालहरूले मट्टीतेल छर्किएको जस्तो छ । माओवादी भर्भराउँदै उठ्यो भने यो देशमा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध भएर भर्भराउँदै उठ्यौँ भने त्यो आगोको ज्वालामा सबै षड्यन्त्र खरानी हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...