प्रतिक्रियावादीको सेवामा समर्पित हुन पार्टी फुटाए : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रतिक्रियावादीहरुलाई पार्टी फुटाएर चोइटो बुझाएको आरोप लगाएका छन् । एमालेनिकट खेलकुद महासंघ नयाँ केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नाम नलिइ उनले भने, ‘विधि र प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा सर्मपित भएर पार्टी फुटाएर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे । तर, तिनीहरुले वास्तविक सफलता प्राप्त गर्न सकेनन् ।’ उनले दुई तिहाइ नजिक पुगेको नेकपा पनि प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए । उनले भने, ‘हामीले हाम्रो आन्दोलनमा देखेका छौं। फउड खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाईको हैसियतमा पुगेको आन्दोलनलाई विभाजित गराए ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...