समाजलाई अतिवादतिर लैजाने शक्तिहरूको चलखेल बढ्यो : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

कपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाज अस्थिरता र अराजकतातर्फ गइरहेको भन्दै गम्भीर चिन्ता जनाउनु भएको छ । आइतबार काठमाडौंमा सहिद यदुनाथ गौतमको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो चिन्ता ब्यक्त गर्नुभएको हो । उहाँले धर्म र राजनीतिलाई जोड्ने र समाजलाई अतिवादतिर लैजाने शक्तिहरूको चलखेल बढिरहेको बताउनु भयो । महासचिव पोखरेलले त्यस्ता सामाजिक चुनौतीहरूविरुद्ध लड्नका लागि बलियो शक्तिको खाँचो रहेको तथ्यसमेत र्आलयाउनु भएको छ ।

‘अहिले हाम्रो समाजमा सामाजिक असुरक्षाको वातावरण बनेको छ, समाजलाई जबर्जस्ती गलत बाटोमा लैजाने शक्तिहरू हाबी भइरहेका छन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘समाजमा अस्थिरता र अराजकताको चुनौती यसरी बढेको छ कि एकातिर सांस्कृतिक अतिवाद छ, जसले राजनीति र धर्मलाई जोड्ने प्रयास गरिरहेको छ । अर्कोतिर धर्मान्तरको प्रवृत्ति बढेको छ । जसले नेपालको मौलिक संस्कृतिलाई तहसनहस बनाइरहेको छ ।’ महासचिव पोखरेलले नेपाली सांस्कृतिक मूल्य र मान्यतामाथिको आक्रमण बढ्दो रहेको पनि बताउनु भयो । देशमा आर्थिक संकट अर्को ठूलो समस्याका रुपमा रहेको उहाँको भनाई छ ।

‘देश आर्थिकरुपमा चरम संकटतर्फ उन्मुख छ । नयाँ सरकार बनेपछि अर्थतन्त्रलाई संकटबाट बाहिर ल्याउन केही प्रयासहरु भएका थिए । तर फेरि समीकरण फेरिएको अवस्था छ,’ पोखरेलले भन्नुभयो, ‘फेरि आशा गर्ने ठाउँहरू पछि धकेलिएका छन । हामी यी सबै समस्यासँग जुध्नका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ । नेकपा एमाले त्यस्तो शक्ति बन्न चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...