समाजलाई अतिवादतिर लैजाने शक्तिहरूको चलखेल बढ्यो : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

कपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाज अस्थिरता र अराजकतातर्फ गइरहेको भन्दै गम्भीर चिन्ता जनाउनु भएको छ । आइतबार काठमाडौंमा सहिद यदुनाथ गौतमको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो चिन्ता ब्यक्त गर्नुभएको हो । उहाँले धर्म र राजनीतिलाई जोड्ने र समाजलाई अतिवादतिर लैजाने शक्तिहरूको चलखेल बढिरहेको बताउनु भयो । महासचिव पोखरेलले त्यस्ता सामाजिक चुनौतीहरूविरुद्ध लड्नका लागि बलियो शक्तिको खाँचो रहेको तथ्यसमेत र्आलयाउनु भएको छ ।

‘अहिले हाम्रो समाजमा सामाजिक असुरक्षाको वातावरण बनेको छ, समाजलाई जबर्जस्ती गलत बाटोमा लैजाने शक्तिहरू हाबी भइरहेका छन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘समाजमा अस्थिरता र अराजकताको चुनौती यसरी बढेको छ कि एकातिर सांस्कृतिक अतिवाद छ, जसले राजनीति र धर्मलाई जोड्ने प्रयास गरिरहेको छ । अर्कोतिर धर्मान्तरको प्रवृत्ति बढेको छ । जसले नेपालको मौलिक संस्कृतिलाई तहसनहस बनाइरहेको छ ।’ महासचिव पोखरेलले नेपाली सांस्कृतिक मूल्य र मान्यतामाथिको आक्रमण बढ्दो रहेको पनि बताउनु भयो । देशमा आर्थिक संकट अर्को ठूलो समस्याका रुपमा रहेको उहाँको भनाई छ ।

‘देश आर्थिकरुपमा चरम संकटतर्फ उन्मुख छ । नयाँ सरकार बनेपछि अर्थतन्त्रलाई संकटबाट बाहिर ल्याउन केही प्रयासहरु भएका थिए । तर फेरि समीकरण फेरिएको अवस्था छ,’ पोखरेलले भन्नुभयो, ‘फेरि आशा गर्ने ठाउँहरू पछि धकेलिएका छन । हामी यी सबै समस्यासँग जुध्नका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ । नेकपा एमाले त्यस्तो शक्ति बन्न चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...