साथीको विवाहमा जीवन बीमा उपहार



 

 

 

धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिनुभएको छ । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव कुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिनुभएको हो । प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिनुभएको हो ।

आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले बताउनु भयो । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताउनुभयो ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर एमडी सिराजुल आलम र बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो । राजिव कुमार पण्डितको विवाह नेहा भारतीसँग भएको थियो । दुलाहा राजिव कुमार पण्डित ग्लोवल आइएमइ बैंक कुमारीपाटी शाखामा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

    निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र

एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी

    नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित भएका छन्

गर्मी बढेसँगै केन्ट ब्राण्डका पंखाको माग बढ्दो

     केन्ट ब्रान्डका अत्याधुनिक प्रविधियुक्त पंखाहरूको माग बढ्दो बढ्दो प्रवृत्तिमा रहेको कम्पनीले

ममाथि षड्यन्त्र भयो : सन्दीप लामिछाने

    बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार