नेकपा एसले एमालेलाई भन्यो राष्ट्रपतिमा सघाउन सक्दैनौँ



हाम्रो इकोनोमि

 

 

। नेकपा एमालेका नेताहरूलाई नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा सघाउन नसक्ने जवाफ दिएको छ । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा पुगेका थिए । दुई पार्टीका नेताहरूको छलफलपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष माधव नेपालको भनाई उदृत गर्दै भने, ‘हाम्रो तर्फबाट पार्टीका अध्यक्षले मत माग्न आउनुभयो । सौहार्दपूर्ण वातावरण कुराकानी गर्ने आधार तयार गर्नुभएकोमा धन्यवाद छ । फेरिपनि छलफल हुनसक्छ ।’

प्रवक्ता राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्ताव रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएको प्रवक्ता खतिवडाले बताए । राष्ट्रपतिमा तत्काल आफूहरूले केही गर्न सक्ने अवस्था नभएपनि वार्ताको र मित्रता विस्तारको प्रयासमा सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...