लोकतान्त्रिक तामाङ संघको कोषाध्यक्षमा सांसद ज्ञान बहादुर तामाङ सर्वसम्मत



हाम्रो इकोनोमि

 

 

 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको घटक संगठन लोकतान्त्रिक तामाङ संघ नेपालको शनिवार राति सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कोषध्यक्षमा बागमती प्रदेशसभा सदस्य ज्ञानबहादुर तामाङलाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशका पूर्वकृषि मन्त्री एवं नेकपा एमालेका नेता दावा दोर्जे तामाङ संघको अध्यक्ष हुँदा उनलाई सर्वसम्मत कोषाध्यक्षको नेतृत्व दिएको हो। कोषाध्यक्षका जिम्मेवारी पाएका तामाङ समाजसेवी तथा व्यवसायी पनि हुन् । काठमाडौं जिल्ला सहकारी संघको अध्यक्षसमेत रहेका उनी जनताको विचमा लोकप्रिय छन् । एमालेको राजनीतिक विचारसँग आबद्ध संघको उपाध्यक्षमा इमान सिं लामा, इन्द्र कुमार तामाङ, मान बहादुर तामाङ, धर्मेन्द्र मोक्तान, खड्ग बहादुर बम्जन, बेली लामा, मिन बहादुर गोले, अर्जुन लामा र विरमान तामाङलाई चयन गरिएको छ। महासचिवमा कृष्ण बहादुर तामाङले जिम्मेवारी पाएका छन्, भने उपमहासचिवमा विना मम्बा र सुनिल मोक्तान रहेका छन् । संघको सचिवमा तिर्थमान वलले जिम्मेवारी पाभएका छन् ।
त्यस्तै विपिन तामाङ, सोमर बम्जन, तेजमान ग्याबक, मान बहादुर वाइबा, वरी भल र विजय तामाङ सचिव रहेका छन्। संघका इन्चार्ज पूर्वयुवा तथा खेलकुदमन्त्री एमाले नेता दावा तामाङको अध्यक्षतामा गठित बन्दसत्रका अध्यक्ष मण्डलले चयन गरेको विजय सिं लोप्चन प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा संघको संघीय कार्य समिति घोषणा गरेको हो । विधान अनुसार प्रदेशगत रूपमा तोकिए बमोजिमका केन्द्रिय सदस्यहरु पनि सर्वसम्मत भएका छन् ।
अध्यक्षको सांगठनिक, कोषाध्यक्षको आर्थिक प्रतिवेदन पास गर्दै भएको बन्दसत्रद्वरा संशोधित विधान अनुसार १ सय ५१ सदस्यीय संघीय कार्यसमितिका साथै प्रदेश, स्थानीय पालिका र वडा समितिहरू समेत गठन हुनेछन् । दोस्रो राष्ट्रिय सम्मेलनले बागमती प्रदेश सम्मेलन आयोजक कमिटि समेत गठन गरेको छ । नारायण तामाङ अध्यक्ष र दिलकुमारी थिङ सचिव रहेको बागमती प्रदेश कमिटि समेत सर्वसम्मत गठन गरेको सम्मेलनको प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्वकानुन मन्त्री शेर बहादुर तामाङले गरेका थिए । प्रमुख अतिथि तामाङ, तामाङ संघका इन्चार्ज पूर्वमन्त्री दावा तामाङ, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य एवं पूर्वसांसद शान्ति पाख्रिन लगायतका नेताहरूले निर्वाचित सबैमा बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै तामाङको मुक्ति तथा समग्र मुलुककै विकास, समृद्धिका लागि तामाङहरूलाई एमालेमा एकताबद्द गराउन भुमिका खेल्न आग्रह गरे। २०६३ सालमा गठन भएको संघको पहिलो एवं ऐतिहासीक राष्ट्रिय सम्मेलनपश्चात आइतबार पहिलो कार्यसमितिको बैठक समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
बिदाको दिनपनि सर्वोच्चमा सुनुवाई

    सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा खुला रहने भएको छ...

रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान

  चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान...